ट्रेन्डिङ

जेनजी आन्दोलनका मृतकको शवयात्रा

वीरगन्ज । जेनजी आन्दोलनमा ज्यान गुमाएका ७२ जनामध्ये १० जनाको शवयात्रा आज काठमाडौंमा निकालिएको छ।

टिचिङ अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएका शवहरूलाई राष्ट्रिय झण्डा ओढाएर सरकारी निर्णयअनुसार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै छ।

महाराजगन्जबाट सुरु भएको शवयात्रामा सयौं युवाहरू मोटरसाइकलसहित सहभागी छन्। आक्रोश र शोकको मौन जुलुस चाबहिल हुँदै पशुपति आर्यघाटतर्फ अघि बढेको छ। यस क्रममा धेरैजसो युवाको अनुहारमा गहिरो पीडा र व्यवस्थाप्रति आक्रोश झल्किएको देखिन्छ।

शवयात्रामा लगिएका १० शवमध्ये ६ जनाको शव हेलिकप्टरबाट काठमाडौंबाहिर लगिनेछ भने बाँकी चार जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

जेनजी आन्दोलनको हिंसात्मक रूपले ७२ जनाको ज्यान लिएको थियो। मृतकहरूमा धेरैजसो गोली लागेर र केही जलेको अवस्थामा भेटिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै