वीरगन्ज । जेनजी आन्दोलनका कारण यातायात व्यवस्था विभागको सेवा अनिश्चितकालका लागि बन्द भएको छ।
विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण लगायतका सम्पूर्ण सूचना प्रविधि प्रणाली अर्को सूचना नआएसम्मका लागि बन्द रहने जानकारी दिएको हो।
विभागका अनुसार, आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको छ।
विभागले क्षतिको मर्मत सम्भार तथा नयाँ उपकरण जडानको काम पूरा नभएसम्म लाइसेन्स छपाइ र वितरणको काम पुनः सुरु नहुने जनाएको छ। यो अवरोधले हजारौं सेवाग्राहीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ।
