वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आज पुनः कारागारमा फर्किने घोषणा गरेका छन् ।
आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले भने, ‘म आफूलाई जन्मदिनको उपहारस्वरूप कारागारमा पठाउँदैछु।’
पूर्व प्रधानमन्त्रीको सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै उनले नयाँ प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अब न्याय हुनेमा आशा व्यक्त गरे। उनले आफूलाई जेलबाट निकालिएको घटनामा कुनै कर्मचारीलाई अप्ठ्यारोमा पार्न नचाहेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए।