ट्रेन्डिङ

वीरगन्ज महानगर कार्यालयमा सरसफाइ सुरु, क्षतिको मूल्यांकन जारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि महानगर सरसफाइको काममा जुटेको छ।

प्रदर्शनकारीले ठूलो मात्रामा भवन र सवारीसाधनमा क्षति पुर्‍याएकाले कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।

आन्दोलनमा अराजक समूहले महानगरका आधा दर्जन भवन र डेढ दर्जनभन्दा बढी गाडीमा आगजनी गरेपछि कार्यालयभित्रको अवस्था अस्तव्यस्त बनेको छ। सरसफाइ कर्मचारीहरूले अहिले भग्नावशेष र जलेका सामान हटाएर परिसर सफा गर्ने काम गरिरहेका छन्।

महानगरका कर्मचारीका अनुसार, विभिन्न शाखा तथा महाशाखाका महत्त्वपूर्ण कागजात, कम्प्युटर, फर्निचर, र अन्य उपकरणहरू जलाइएको वा चोरी भएको छ। महानगरको कामकाजलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरी र प्रशासनको सहयोगमा चोरी भएका केही सामानहरू भने बरामद भइरहेका छन्।

यो विनाशपछि महानगरले कसरी आफ्नो सेवा प्रवाहलाई सुचारु गर्ने भन्ने चुनौती सामना गरिरहेको छ। यस्तो विषम परिस्थितिमा पनि महानगरका कर्मचारीहरूले कार्यालय परिसरलाई व्यवस्थित गर्न दिनरात काम गरिरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै