ट्रेन्डिङ

“आवश्यकताको सिद्धान्त” अनुसार सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

भोलि सपथको तयारी

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार साँझ शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।

बैठकमा सहभागी एक स्रोतका अनुसार “आवश्यकताको सिद्धान्त” अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

अन्य कुनै अप्रत्याशित घटना नभए भोलि विहानै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी सपथ खुवाइने तयारी भएको स्रोतले दाबी गरेको छ।

यसअघि राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी आन्दोलनका प्रतिनिधि, संवैधानिक कानुनविद् र विभिन्न दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए।

सोही छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति बनेको बताइएको छ।

जेनजी आन्दोलनरत पक्षले सुरुदेखि नै कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने माग राख्दै आएका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै