वीरगन्ज । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनाव र त्यसपछि लगाइएको कर्फ्यूको अवस्था सामान्य बन्दै गएको छ।
विशेष गरी वीरगन्जसहित पर्सा जिल्ला र बारा सदरमुकाम कलैया लगायतका क्षेत्रमा जनजीवन सामान्य बन्दै गएको हो।
सोमबार र मंगलबार जेनजीको आन्दोलन र प्रदर्शनले अवस्था नियन्त्रण बाहिर गएको थियो । प्रदर्शनकारीको आन्दोलनले अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाउनुपरेको थियो। यसले गर्दा जनजीवन प्रभावित भएको थियो, बजार, यातायात, र दैनिक क्रियाकलाप ठप्प भएका थिए।