वीरगन्ज । देशभरको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। यो सुविधा हिजो रातिदेखि नै लागू भइसकेको छ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउन यो कदम चालिएको बताए।
ग्राहकहरूले निःशुल्क डेटाका लागि *१४१५ *८*३# डायल गर्नुपर्नेछ भने भ्वाइस कल सेवाका लागि *१४१५*८*७# डायल गर्नुपर्नेछ। यो जानकारी सबै ग्राहकलाई एसएमएस मार्फत पनि पठाइएको छ।
यो सुविधाअन्तर्गत उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ। भ्वाइस कल भने नेपाल टेलिकमको आफ्नै नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिनेछ।