वीरगन्ज । वीरगन्जमा सुरक्षा अवस्था थप कडा बनाइएको छ । मुख्य सडकदेखि गल्ली–गल्लीसम्म नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
सुरक्षाकर्मीहरूले सर्वसाधारण र व्यापारीहरूलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । दैनिक हिँडडुल गर्ने यात्रु तथा पसलहरूमा समेत निगरानी बढाइएको छ ।
नेपाली सेनाले अवाञ्छित गतिविधि वा शंकास्पद हर्कत देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
सुरक्षा स्रोतका अनुसार परिस्थितिलाई नियन्त्रणमा राख्न निरन्तर गस्ती भइरहेको छ भने शहरका संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।