काठमाण्डौँ । जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) मध्यरातमा गर्जिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा कठोर शब्दको प्रयोग सहित स्टाटस लेख्दै उनले आक्रोश देखाएका हुन् । स्टाटसमार्फत मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
स्टाटसमा उनले लेखेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस् ।’

मेयर साहले आफ्नो फेसबुक स्टाटसको ह्यासट्यागमा #kpoliisterrorist प्रयोग गरेका छन् । बालेनले आइतबारदेखि नै जेन–जीको आन्दोलनलाई समर्थन गर्ने जनाएका थिए ।