वीरगन्ज । वीरगन्जको रजतजयन्ती चोकमा गोली चलेको छ।
गोली लागेर घाइते भएकी १८ वर्षीया महिलालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गोली लागेर घाइते भएकी महिलाको पहिचान र स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।