ट्रेन्डिङ

गोदावरीमा एमालेको किचलो : कर्ण थापालाई फरक मत राख्न अध्यक्ष ओलीले रोके

वीरगन्ज । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्।

विद्यादेवी भण्डारीको पक्षमा रहेका थापाले महाधिवेशनको हलमै आफ्नो फरक मत राख्न चाहेका थिए।

तर, अध्यक्ष ओलीले उनलाई हलमा बोल्न नदिई, प्रतिवेदनमाथि भइरहेको समूहगत छलफलमा आफ्नो कुरा राख्न निर्देशन दिए। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको फरक मतबारे अब महाधिवेशन हलमा कुरा नहुने र उनले समूहगत छलफलमा आफ्ना कुरा राख्न सक्ने बताएका छन्।

थापाले महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता निलम्बन गर्ने र ७० वर्षे उमेर हद हटाउने लगायतका विषयमा फरक मत राखेका छन्। उनको फरक मतको प्रतिवेदन महाधिवेशनका प्रतिनिधिहरूलाई वितरण गरिएको छ। यस घटनाले महाधिवेशन भित्रै आन्तरिक विवाद र मतभेदको संकेत दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै