ट्रेन्डिङ

गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन, आज प्रतिवेदनमाथि समूहगत छलफल

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि जारी छ।

हिजो (शुक्रबार) बाँकी रहेका प्रतिवेदनहरुमाथि प्रस्तुति र छलफल हुनेछ।

आज बिहान ८ बजेदेखि सुरु भएको महाधिवेशनमा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्। हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।

महाधिवेशनमा आज सहभागी प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरी प्रतिवेदनमाथि गहन छलफल गरिनेछ। महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ।

यो महाधिवेशनमा देशभरका २,२६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २,३४१ जनाको सहभागिता रहेको छ। महाधिवेशन भोलि आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै