वीरगन्ज । नेकपा (एमाले)ले आफ्नो विधान महाधिवेशनमा पार्टीका कुल सदस्यहरूको तथ्यांक सार्वजनिक गरेको छ। महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनअनुसार एमालेका देशभर ६ लाख ६२ हजार ९६१ क्रियाशील सदस्य छन्।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार विभिन्न प्रदेशमा रहेका सदस्यहरूको विवरण यस्तो छ :
कोशी : १ लाख १४ हजार ७१०
मधेश : १ लाख ५६ हजार ४१
बागमती : १ लाख १६ हजार ४९९
गण्डकी : ५५ हजार ५१२
लुम्बिनी : ८० हजार ३५२
कर्णाली : ४७ हजार ६४७
सुदूरपश्चिम : ६३ हजार ११०
यसबाहेक, अन्य विशेष क्षेत्रमा पनि सदस्यहरू रहेका छन्। उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१, सम्पर्क प्रदेशमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, अन्य प्रवासमा ४ हजार ६२०, र केन्द्रीय कार्यालयमा ८५० जना सदस्य रहेका छन्।