निजामती विधेयक विधायन समितिबाट पास

वीरगन्ज । नेपालको संघीय निजामती सेवा विधेयक अन्ततः राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ।

लामो समयदेखिको प्रतीक्षा र गहन छलफलपछि समितिले आज बिहानै बसेको बैठकबाट यो महत्वपूर्ण विधेयकलाई अनुमोदन गरेको हो।

प्रतिनिधि सभाबाट असार १४ गते नै पारित भएर राष्ट्रिय सभामा पुगेको यो विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो। समितिले विधेयकको मस्यौदालाई पूरै वाचन गरेर गहन अध्ययन र छलफलपछि प्रतिवेदनसहित पारित गरेको छ।

यो विधेयक आजै राष्ट्रिय सभाको बैठकमा पेस गरिने र पारित भएर पुनः प्रतिनिधि सभामा पठाइने तयारी रहेको छ। दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई यो विधेयकले कानुनको रूप लिनेछ। यसले नेपालको संघीय शासन व्यवस्थाअन्तर्गत निजामती सेवाको संरचना र सञ्चालनलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै