खानेपानी मन्त्री प्रदीप यादवलाई ‘धम्की’ दिएको आरोपमा पक्राउ परेकी साहलाई ३ दिन म्याद थप

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, शनिबार पक्राउ परेकी किरण साहलाई विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो कुरा फैलाएको कसुरमा अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो।

बाराको कलैया घर भई हाल वीरगन्जको मुर्लीमा बस्दै आएकी साहलाई मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको थियो।

के थियो घटना ?

शुक्रबार राति सामाजिक सञ्जालमा खानेपानी मन्त्री यादव र एक महिलाबीच भएको फोन संवादको अडियो भाइरल भएको थियो। उक्त अडियोमा महिलाले वीरगन्जमा फैलिएको हैजा र दूषित पानी वितरणको विषयमा मन्त्रीलाई कडा शब्दमा प्रश्न गरेकी थिइन् ।

उनले मन्त्रीलाई पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि आक्रोशित हुँदै प्रश्न गरेकी थिइन्, ‘तपाईंले फोन किन रिसिभ नगर्नु भएको ?’ उनले मन्त्री यादवलाई हैजाका कारण मान्छेको मृत्यु भएको र आफ्नो घरकै मान्छे आईसीयूमा भर्ना भएको भन्दै कडा आक्रोश पोखेकी थिइन्। साथै, उनले ‘म तपाईंलाई छोड्दिनँ’ भन्दै बोलेको अडियोमा सुनिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै