ट्रेन्डिङ

वीरगन्जमा चोरी तथा लागुऔषधको आरोपमा एक युवक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले चोरी र लागुऔषधको कसुरमा एक युवकलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ भन्ने मखुलाई चोरी गरेको आरोपमा अनुसन्धान गर्ने क्रममा उनको कोठाबाट लागुऔषध र ठूलो मात्रामा नगद तथा गरगहना बरामद गरिएको हो।

प्रहरीका अनुसार, भदौ ६ गते वीरगन्ज–१५ शिरोमणी टोलस्थित रामपुकार प्रसाद यादवको घरमा चोरी भएको थियो। घरधनी सविता कुमारी देवी बाहिर गएको मौका पारी चोरले ताल्चा फुटाएर भारतीय र नेपाली रुपैयाँ गरी करिब २ लाख ५४ हजार ८ सय रुपैयाँ र सुन–चाँदीका गरगहना चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजको आधारमा मियाँलाई भदौ ८ गते नियन्त्रणमा लिएको थियो। उनी यसअघि पनि पटकपटक चोरीको कसुरमा सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मियाँको घरमा खानतलासी गर्दा प्रहरीले ९ किलो ८०९ ग्राम गाँजा, एक थान डिजिटल तराजु, विभिन्न सुनका गरगहना, चाँदीका गरगहना र स्रोत नखुलेको १५ लाख १५ हजार रुपैयाँ नगद बरामद गरेको छ।

हाल प्रहरीले चोरी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेकोमा अब लागुऔषध कारोबारको कसुरमा पनि थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै