मधेशका आठै जिल्ला प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण

जनकपुरधाम। मधेश प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन र प्रहरीको परिचालनमा प्रभावकारिता ल्याउनका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रहरीलाई २१ थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले मधेशका आठवटै जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूलाई ती मोटरसाइकलहरू हस्तान्तरण गरे ।

यी मोटरसाइकलहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रहरी कार्यालयहरूलाई दिइएको हो। यसबाट प्रहरीलाई गस्ती गर्न र सूचना पाएको छोटो समयमै घटनास्थल पुग्न थप सहज हुनेछ।

प्रहरी वरिष्ठ उपरीक्षक थापाले गृह, सञ्चार तथा कानून मन्त्रालयको सहयोगले प्रदेशको सुरक्षा व्यवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले यसले प्रहरीको कार्यक्षमता बढ्ने र नागरिकको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने पनि बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै