ट्रेन्डिङ

पूर्वराष्ट्रपति भण्डारी बारामा : गढीमाइ मन्दिर दर्शन, स्थानीय नेतासँग छलफल

वीरगन्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले बारा जिल्लाका नेता र कार्यकर्ताहरूसँगको भेटघाटमा व्यस्त छिन्।

वीरगन्ज उद्योग वाणिज्य संघको एक कार्यक्रममा सहभागी हुन मधेश आएकी उनी अहिले बाराको कलैयामा रहेकी छन्।

भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलका अनुसार, पूर्वराष्ट्रपति आज र भोलि गरी दुई दिनसम्म बारामा रहने भएकी छन्। यस क्रममा उनी विभिन्न सामाजिक संघसंस्थाका कार्यक्रममा सहभागी हुनुका साथै राजनीतिक भेटघाटलाई पनि प्राथमिकता दिइरहेकी छन्।

उनले आज बिहान बाराकै प्रसिद्ध धार्मिकस्थल गढीमाइ मन्दिरको दर्शन गरिन्। उनलाई मन्दिर परिसरमा महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवसहित स्थानीयले भव्य स्वागत गरेका थिए।

मन्दिर दर्शनपछि भण्डारी मदन भण्डारी फाउण्डेसन, बाराले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै