मिथिलामा राधाष्टमी उत्सव मनाइँदै

जनकपुरधाम। प्राचीन मिथिलाञ्चल क्षेत्र आज प्रेम र भक्तिको भावले भरिएको छ।

आज द्वापर युगमा जन्मिएकी राधाको जन्मोत्सव, राधाष्टमी, देशभरि मनाइँदैछ। भगवान् श्रीकृष्णकी प्रियसी राधालाई देवी लक्ष्मीको अवतार मानिन्छ।

लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार, राधाको जन्म कृष्ण जन्माष्टमीको ठीक १५ दिनपछि भएको थियो। उनी गोकुलका ग्वाला वृषभानुकी पुत्रीका रूपमा जन्मिएकी थिइन्।

श्रीमद्भागवत महापुराणमा राधा र कृष्णको प्रेम सम्बन्धलाई गहिरो रूपमा वर्णन गरिएको छ। डा. वैष्णवका अनुसार, राधाको निःस्वार्थ प्रेम र समर्पणले गर्दा नै उनी हिन्दू धर्ममा प्रेम र भक्तिको प्रतीक बनेकी छन्।

आज यस अवसरमा मिथिलाञ्चलका विभिन्न स्थानमा मेला र विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको छ। राधाकृष्ण मन्दिरहरूमा बिहानैदेखि धार्मिक गतिविधि, भजन र कीर्तन चलिरहेको छ। साँझमा विशेष पूजाआजाको तयारी गरिएको छ। राधाजीको जन्मको पौराणिक कथासँग सम्बन्धित मंगल गानहरूले यस क्षेत्रको वातावरणलाई भक्तिमय बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै