ट्रेन्डिङ

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्ड प्रस्थान

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्ड भ्रमणमा निस्किएका छन्।

उनी त्यहाँ आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाका अनुसार, अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म चल्ने यस कार्यक्रममा मुख्यमन्त्रीले नेपालको सङ्घीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यका विषयमा छलफल गर्नेछन्। साथै, उनले अन्तर्राष्ट्रियस्तरमा सङ्घीयताको अनुभव र अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्नेछन्।

मुख्यमन्त्रीको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै