जनमत पार्टीले भाद्र १५ गते राम मनोहरको स्मृति दिवस मनाउने

वीरगन्ज । जनमत पार्टीले भाद्र १५ गते आफ्नो ‘स्वराज आन्दोलनका प्रथम वीर शहीद’ राम मनोहर यादवको आठौं स्मृति दिवस मनाउने भएको छ।

यस अवसरमा पार्टीले देशभरका सबै वडा, जिल्ला सदरमुकाम र पार्टी कार्यालयहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले जारी गरेको विज्ञप्तिअनुसार, यस दिन साँझ ७ बजे शहीद यादवको तस्बिरमा दीप तथा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिनेछ। जनमत पार्टीले आफ्ना सबै वडा समिति र जिल्ला समन्वय समितिलाई यो कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको छ।

यो कार्यक्रमले राम मनोहर यादवले ‘स्वराज आन्दोलन’ मा र्दिएको योगदानको स्मरण गर्नुका साथै पार्टीका कार्यकर्ताहरूमा त्याग र समर्पणको भावना जगाउने उद्देश्य राखेको छ। जनमत पार्टीले आफ्ना शहीदहरूको सम्मान र स्मरणलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै