ट्रेन्डिङ

‘बृहत महिला सम्मेलन’लाई सम्बोधन गर्न पूर्वराष्ट्रपति भण्डारी भोली वीरगन्ज आउँदै

वीरगन्ज । नेपालको औद्योगिक सहर वीरगन्जमा महिला उद्यमीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक बृहत् महिला सम्मेलन आयोजना हुँदैछ ।

वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमशीलता विकास समितिले शनिबार आयोजना गर्ने ‘बृहत् महिला सम्मेलन २०८२’ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथ्यको रुपमा सम्बोधन गर्नेछिन् । ‘नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा नारी सशक्तिकरणः शब्द देखि कर्मसम्म विषयमा विभिन्न वक्ताहरुले आफ्नो कार्यशाला सञ्चालन गर्नेछन् । यस कार्यक्रमले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य लिएको छ।

वीरगन्जका महिलाहरूमा उद्यमशीलताको ठूलो सम्भावना रहेको छ । यस प्रकारका सम्मेलनहरूले महिलाहरूलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिने विश्वास वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले व्यक्त गरे ।

सम्मेलनमा सहभागी महिला उद्यमीहरूले पनि यस कार्यक्रमले उनीहरूलाई नयाँ ऊर्जा दिने गौतमको भनाई छ । महिला उद्यमीहरुले आफ्नो व्यवसायमा आइपरेका चुनौती र अवसरबारे अनुभव आदानप्रदान गर्नेछन् ।
कार्यक्रममा प्रसिद्ध वक्ता रूपाली पोद्दार र नम्रता शर्माले महिलालाई उद्यमशीलतामा सफलता प्राप्त गर्न आवश्यक सीप र मानसिकताको बारेमा कार्यशाला सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै