भूमि विधेयकको विरोधमा जसपा नेपालको देशव्यापी आन्दोलन

वीरगन्ज । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी विधेयकको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टी केन्द्रको निर्देशनमा देशभर विरोध प्रदर्शन सुरु भएको छ।

आज काठमाडौंमा जसपा नेपालको नेवाः राष्ट्रिय समितिले विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ। पार्टीले यो विधेयक मुलुक र जनताको हितमा नभएको, बरु भू–माफिया र जग्गा दलालको स्वार्थपूर्ति गर्ने खालको रहेको निष्कर्ष निकालेको छ।

जसपा नेपालले वन विनाश भई तराई–मधेश क्षेत्र मरुभूमिकरण हुने भन्दै सुरुदेखि नै यो विधेयकको विरोध गर्दै आएको छ। हालै यो विधेयक संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भइसकेको छ।

जसपा नेपालले ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ भन्ने नारासहित भदौ १५ गतेसम्म विरोध प्रदर्शन जारी राख्ने जनाएको छ। पार्टीले वन क्षेत्रमा हुने अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न तथा जल, जङ्गल र भूमिको रक्षा गर्न यो अभियान चलाएको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै