ट्रेन्डिङ

रुबी कुमारी साह हत्याकाण्ड : मुख्य आरोपी पासवान घाइते अवस्थामा पक्राउ

रौतहट । रौतहट प्रहरीले चर्चित रुबी कुमारी साह हत्याकाण्डका मुख्य आरोपीलाई बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार, घटनाको मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले माधोपुर गाउँ र मानपुर बिसुनपूर्वा जोड्ने बाटोको नहर किनारबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्दा पासवान गम्भीर घाइते अवस्थामा थिए। उनले आत्महत्याको प्रयासमा आफ्नो शरीरमा आगो लगाएको प्रहरीले बताएको छ। आगोले शरीरका विभिन्न भाग जलेकोले उनलाई तत्कालै उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पासवानले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। गत शनिबार गौर नगरपालिकाको २ नम्बर वडामा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबी कुमारी साहको शव सुटकेसभित्र फेला परेको थियो। शव गौर सिर्सिया सडकखण्डअन्तर्गत मुडवालबा मोड नजिक सडक किनारमा भेटिएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै