ट्रेन्डिङ

मलेसियाको पाँच दिने भ्रमण सम्पन्न गरी मुख्यमन्त्री सिंह स्वदेश फर्किँदै

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफ्नो पाँच दिने मलेसिया भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदै छन् ।

भदौ ६ गते मलेसिया प्रस्थान गरेका मुख्यमन्त्री सिंह आज साँझ ५ः३० बजे स्वदेश फर्किने तालिका रहेको छ ।

मलेसिया बसाइका क्रममा मुख्यमन्त्री सिंहले मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा नेपाली राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’, र मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा मुख्यमन्त्री सिंहले प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्या तथा तिनको समाधानका उपायहरूबारे गम्भीर छलफल गरेका थिए । उनले श्रमिकहरूको अधिकार र संरक्षणका लागि आफू २४ सै घन्टा तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी, नेपाली सेक्युरिटी गार्डहरूले भोगिरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक छलफल गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहको भ्रमण टोलीमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै