ट्रेन्डिङ

रौतहटमा ठूलो परिमाणमा भन्सार छलीको सुर्ती बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बलले रौतहटको ईशनाथ नगरपालिका–४ बाट भन्सार छली गरेर ल्याइएको ३ लाख भन्दा बढी मूल्यको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले आइतबार राति यो सफलता हासिल गरेको हो।

बरामद गरिएको सुर्ती रामसिंह चनौको भट्टी पसल नजिकै र दशगजाबाट करिब २०० मिटर पूर्वको धानखेतमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। कुल ३० बोरामा रहेको ७४५ किलो सुर्ती तथा सुर्तीजन्य पदार्थको बजार मूल्य करिब ३ लाख ६२ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय र बोर्डर आउट पोस्ट औरैयाको संयुक्त टोलीले यो कारबाही गरेको हो। बरामद गरिएको सामान थप आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै