ट्रेन्डिङ

राष्ट्रिय मुक्ति पार्टीले धनुषामा संगठन विस्तार गर्ने

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालको धनुषा जिल्ला समितिले संगठन विस्तार गर्ने र आगामी संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ।

पार्टीका धनुषा जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’ को अध्यक्षतामा भएको दुई दिने बैठकले यी निर्णयहरू गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष डा. राजीव झा र केन्द्रीय सचिव सञ्जय चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। बैठकले आगामी भदौ १३ गते (शुक्रबार) जनकपुरधामको रौनियार धर्मशालामा जिल्ला कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि पार्टीमा आबद्ध हुन इच्छुक सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ।

यसका साथै, राष्ट्रिय मुक्ति पार्टीले भदौ २० गते हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा पनि आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

‘राष्ट्रिय मुक्ति पार्टीले ‘बहुल राष्ट्रिय राज्य’ र ‘स्वदेशवाद’ लाई आफ्नो प्रमुख वैचारिक आधार मानेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ । बहुल राष्ट्रिय राज्यको अवधारणाले नेपालका सबै भाषा, संस्कृति, जातीयता र पहिचानलाई समान अधिकार र प्रतिनिधित्वको ग्यारेन्टी गर्ने र स्वदेशवादको नीतिले देशको स्रोत, सीप र श्रममा आधारित आत्मनिर्भर विकासमा जोड दिने कुरा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै