प्रभु साहको ‘आम जनता पार्टी’ मा विद्रोह : उपाध्यक्षसहित दर्जनौं नेता एमालेमा प्रवेश

वीरगन्ज । प्रभु साहको नेतृत्वमा रहेको ‘आम जनता पार्टी (आजपा)’ मा ठूलो उथलपुथल आएको छ।

पार्टीका उपाध्यक्ष उमेश साहसहित दर्जनौं नेताहरूले आम जनता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। आज एमालेको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । एमाले प्रवेश गर्ने नेताहरूले ओलीको ‘भिजन’ र राष्ट्र तथा राष्ट्रियताप्रतिको प्रतिबद्धतालाई समर्थन गर्न नै एमालेमा प्रवेश गरेको बताएका छन्।

उनीहरूले देश र जनताको हितका लागि एमाले नै सही विकल्प रहेको ठहर गर्दै आफूहरू प्रभु साहको भ्रमबाट मुक्त भएको बताए। प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष उमेश साहले छोटो समयमै कार्यक्रमको आयोजना गरिएको भए पनि मधेश प्रदेश र रौतहटका अधिकांश नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिए।

उनले आम जनता पार्टीमा रहेका ‘राम्रा’ नेताहरू एमालेमा आउने क्रम जारी रहने बताए। कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

यो घटनालाई प्रभु साहको पार्टीका लागि ठूलो धक्काका रूपमा हेरिएको छ। यसले मधेशमा एमालेको पकड थप बलियो बनाउन सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै