छोटौलका तत्कालीन अध्यक्ष साहको निधन

सर्लाही । जिल्लाको तत्कालीन छोटौल गा.वि.सका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता गौरीशंकर साहको करीब ७२ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वगाविस अध्यक्ष समेत रहेको साहको भारतको पटनामा उपचारको क्रममा मृत्यु निधन भएको थियो । साहको हिन्दू परम्पाअनुसार आज शुक्रबार अन्त्येष्टि समेत गरिएको गरिएको छ । त्यस अघि साहलाई पार्टीको झन्डा ओढाएर नेपाली कांग्रेसकाबाट निर्वाचित धनंकौल गाउँपालिका अध्यक्ष रामअस्रे साहले श्रद्धान्जली अर्पण गरेका थिए ।

लामो समयदेखि हटको रोगले पीडित उनको विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पञ्चायती काल देखि नै राजनीतिमा लागेका थिए । उनका छोरा हाल धनकौल गाउँपालिकाको कार्यपालिका सदस्य रमेश कुमार साह निर्वाचित भएका हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै