वीरगन्ज । नक्कली शैक्षिक प्रमाणपत्रको ठूलो कारोबारमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्।
रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेललाई रुपन्देही प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो।
यो प्रकरणको सुरुवात गत साउन ३० गते रुपन्देहीमा भएको थियो, जब प्रहरीले बेलहिया बसपार्कको एक होटलबाट भारतको कानपुरका अभिषेक यादवलाई ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ गरेको थियो। यादवले दिएको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै जाँदा यो घटनामा कँडेलको संलग्नता खुलेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले बताएका छन्।
पक्राउ परेका कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भइसकेको छ। यस घटनाले राजनीतिक दलका नेताहरूमाथि समेत आपराधिक संलग्नताको आरोप लाग्ने क्रम बढेको देखाएको छ। रास्वपाले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।