ट्रेन्डिङ

सर्लाहीमा २० किलोभन्दा बढी गाँजासहित दम्पती पक्राउ

वीरगन्ज । प्रहरीले सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा ठूलो परिमाणको लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४५ वर्षीय रूपेश साह र उनकी श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साह रहेका छन्।

भदौ ५ गते दिउँसो करिब ४ बजे गोप्य सूचनाको आधारमा प्रहरीले यो कारबाही अघि बढाएको थियो। हरिपुर्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शेख हफ्जुल्लाहको नेतृत्वमा चार जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वमा ११ जना र केशरगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जनाको टोली परिचालन भएको थियो।

संयुक्त प्रहरी टोलीले रूपेश साहको पक्की घरमा खानतलासी गर्दा घरको छतमा लुकाइराखेको अवस्थामा २० किलो ३४० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो।

प्रहरीले बरामद गरिएको गाँजा र पक्राउ परेका दम्पतीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै