जनकपुरधाम । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, २०८२ भदौ १२ गते बिहीबार दिउँसो १ बजेदेखि प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुनेछ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ भदौ ४ गते प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
