ट्रेन्डिङ

रौतहटमा छुरा प्रहारबाट एक युवकको हत्या, एक जना पक्राउ

गौर । रौतहटको यमुनामाइ गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाँको छुरा प्रहारबाट हत्या भएको छ।

आज दिउँसो २ः४० बजे गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेजअगाडि भएको विवादको क्रममा उनलाई छुरा प्रहार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार गम्भीर घाइते अवस्थामा रहेका मियाँलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो।

घटनापछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गर्दा छुरा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–३ का मनोज राम रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र पक्राउ परेका राममाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै