ट्रेन्डिङ

सर्वोच्चको परमादेशविरुद्ध जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले आज जारी गरेको परमादेश विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन भएको छ ।

भूमि सम्बन्धि विधेयकमा जनता समाजवादी पार्टी नेपालले लिएको अडानका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा आज साँझ विरोध प्रदर्शन गरेका छन् ।
समाजवादी युवा संघ नेपालको नेतृत्वमा जनकपुधाम नगरमा मशाल जुलुस प्रदर्शन गरिएको छ । रामानन्दचोकमा जसपा नेपालका नेता कार्यकर्ताहरुले केही बेर बाटो अवरुद्ध गरि विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनको क्रममा नेताहरुले भूमि विधेयकको बार्गेनिङ्गका लागि सर्वोच्चको परमादेश आएको आरोप लगाउदै सरकारी जालझेलबाट जसपा नेपाल र अध्यक्ष उपेन्द्र यादव नडराउने चेतावनी दिए ।
२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौर मधेशी जनअधिकार फोरम र नेकपा माओवादी बीच भएको झडपमा परी माओवादीका २७ जना कार्यकर्ता मारिएको थियो भने सयभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै