ट्रेन्डिङ

नेपाल तरुण दलको पाँचौँ महाधिवेशन मंसिरमा हुने

वीरगन्ज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

अध्यक्ष विद्वान गुरुङले महाधिवेशनको तालिका जिल्ला समितिहरूमा पठाइसकेका छन् । सार्वजनिक गरिएको कार्यतालिका अनुसार, मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन सम्पन्न हुनेछ । यसअघि, भदौ १५ भित्र वडा र पालिका अधिवेशन गरिनेछ । त्यसैगरी, भदौ मसान्तसम्ममा केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्नुपर्नेछ ।

यसका साथै, कार्तिक २० भित्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन तथा कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सबै प्रदेशको अधिवेशन मंसिर १० भित्र सक्ने गरी तयारी गरिएको तरुण दलले जनाएको छ ।

यद्यपि, जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्लाहरूले केन्द्रसँगको समन्वयमा तोकिएको समयभन्दा अगावै पनि अधिवेशन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै