ट्रेन्डिङ

बलात्कार आरोपमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय पक्राउ

जनकपुरधाम । धनुषाका अधिवक्ता प्रमोद कुमार राय सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

उनलाई शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार आज उनलाई धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी छ।

गत साता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा अधिवक्ता रायसहित तीनजनाले एक महिलालाई सामूहिक बलात्कार गरेको जाहेरी दर्ता भएको थियो। प्रहरीका अनुसार घटना २०८१ माघ १२ गते बिहान कुहिरो लागेको समयमा भएको थियो। जाहेरीमा पीडित महिलाले तीनजनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छिन्।

पीडितले यसअघि नै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। त्यसपछि पीडित पक्षले उच्च अदालतबाट परमादेश ल्याएपछि मात्रै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै