ट्रेन्डिङ

भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा, प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

वीरगन्ज । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओलीलाई भेटेका हुन्।

भ्रमणका क्रममा मिस्रीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने कार्यतालिका छ।

भारतीय विदेश सचिव मिस्रीले आफ्नो नेपाल भ्रमणलाई भदौ २ गते पशुपतिनाथको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै