ट्रेन्डिङ

दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्रले जागिर खाने शिक्षकलाई कैद र जरिवाना

वीरगन्ज । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा शिक्षकको जागिर खाएको अभियोगमा अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले शुक्रबार यो फैसला गरेको हो।

अशोककुमार साहले २०६९ सालमा राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकको रूपमा नियुक्ति पाउनका लागि भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट सन् २००४ मा जारी भएको ‘नवीन उत्तरमध्यमा’ तहको प्रमाणपत्र पेस गरेका थिए।

तर, अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको अदालतले जनाएको छ। दरभंगा विश्वविद्यालयले २०८२ सालको जुलाईमा जारी गरेको पत्र र सोही पत्रका आधारमा त्रिभुवन विश्वविद्यालयले साउन २२ गते दिएको पत्रले साहको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित भएको हो।

यससँगै अदालतले साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै सजाय सुनाएको हो। यस फैसलाले नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गर्नेहरूलाई कडा सन्देश दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै