वीरगन्ज । गुण्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ)लाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार रुपैयाँ धरौटी बुझाएमा छोड्न आदेश दिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अदालतको आदेशअनुसार अब उनको स्वास्थ्य परीक्षण गरी रिहा गर्ने तयारी भइरहेको छ।
मिलन गुरुङलाई गत साउन २३ गते सूर्यविनायकबाट पक्राउ गरिएको थियो। उनीमाथि भक्तपुरको एक सहकारी संस्थामा रकम हिनामिना गरेको र धम्क्याएको आरोप लागेको थियो। यसै आरोपको छानबिनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।