ट्रेन्डिङ

वामदेव गौतम एकीकृत समाजवादीको तेस्रो वरीयतामा

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी)ले हालै पार्टीमा प्रवेश गरेका वामदेव गौतमलाई पार्टीभित्र महत्त्वपूर्ण स्थान दिएको छ।

पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकले गौतमलाई अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा राख्ने निर्णय गरेको छ।

पार्टी प्रवेशलगत्तै गौतमलाई दिइएको यो उच्च सम्मानले पार्टीभित्र उनको भूमिका निर्णायक हुने सङ्केत गरेको छ। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, गौतमलाई अध्यक्ष नेपालले नै शपथ ग्रहण गराएका थिए ।
बैठकले पार्टीको सङ्गठन विस्तार गर्दै नयाँ सदस्यहरूलाई पनि जिम्मेवारी तोकेको छ।

डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यमा नियुक्त गरिएको छ। यसैगरी, भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै