ट्रेन्डिङ

रवि लामिछानेको कोठाको झ्यालबाट प्लाइउड हटाइयो, जाली राखियो

वीरगन्ज । रूपन्देही कारागार प्रशासनले निलम्बित सांसद रवि लामिछानेलाई राखिएको कोठाको झ्यालमा पहिले रहेको प्लाईउड हटाएर जाली राखिएको जानकारी दिएको छ।

सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्न जारी गरिएको विज्ञप्तिमा कारागारले लामिछानेको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको बताएको छ।

विज्ञप्तिअनुसार, सहकारी ठगी र संगठित अपराधको आरोपमा चार महिनादेखि थुनुवा रहेका लामिछानेलाई कारागार प्रशासनले सुरक्षाका कारण छुट्टै कोठामा राखेको छ, जुन कोठामा छुट्टै शौचालयको समेत व्यवस्था छ। कारागारले लामिछानेलाई टेलिफोन र भेटघाटको सुविधा पनि निरन्तर दिइरहेको जनाएको छ।

कारागार प्रशासनले आफ्नो २५० जनाको क्षमता भए पनि हाल ६४० जना बन्दी रहेको अवस्थामा पनि सबैलाई कानुनबमोजिमका सेवा-सुविधा समान रूपमा उपलब्ध गराइएको दाबी गरेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै