ट्रेन्डिङ

जनकपुरमा प्रहरीले चलायो गोली, लागु औषधसहित दुई कारोबारी पक्राउ

फाइल तस्बिर

जनकपुरधाम। जनकपुरको मिथिला नगरपालिका–२ मा प्रहरीले चलाएको गोली लागेर एक जना लागु औषध कारोबारी घाइते भएका छन्। गोली प्रहारपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले एक राउण्ड हवाई फायर र अर्को पटक लागुऔषध कारोबारीमाथि प्रहार गरेको थियो ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्बर ६ स्थित नक्टाझिझका ४८ वर्षीय पप्पु साह र बाराको परिवानीपुर– ३ स्थित लिपनीमालकी २७ वर्षीय सेलो देवी राम रहेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

आरोपित साह यसअघि २०७९ जेठ १३ गते लागूओैषध एम्पुलमा प्रहरी बृत थानकोट बाट ३ वर्ष कैद भोगिसकेका छन् ।

साहबाट लागूऔषध खैरो हेरोइन १०० ग्राम बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
साहलाई घुँडामुनि गोली लागेर घाइते भएका छन् । साह लागूऔषधकै कारोबार गरेको मुद्दामा ८ वर्ष जेल बसिसकेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै