ट्रेन्डिङ

वैदेशिक रोजगारीको प्रभाव : पर्सामा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी

वीरगन्ज । पछिल्लो समय पर्सामा घरेलु हिंसाका घटनाभन्दा सम्बन्धविच्छेदका मुद्दाहरू बढेको पाइएको छ।

जिल्ला अदालत पर्साको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१र८२ मा घरेलु हिंसाका ९५ मुद्दा दर्ता हुँदा सम्बन्धविच्छेदका मुद्दाको संख्या भने ३४३ पुगेको छ। यो तथ्यांकले जिल्लामा वैवाहिक सम्बन्धमा आएको जटिलतालाई देखाउँछ।

जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार, घरेलु हिंसाका धेरैजसो घटनाहरू स्थानीय तहको न्यायिक समिति र प्रहरी चौकीमा नै मिलापत्र हुने भएकाले अदालतमा कम मुद्दा दर्ता हुन्छन्। तर, सम्बन्धविच्छेदको हकमा भने त्यस्तो नभई सोझै अदालतमा मुद्दा दर्ता हुने भएकाले संख्या बढेको हो। उनले सम्बन्धविच्छेद बढ्नुको एउटा प्रमुख कारण वैदेशिक रोजगारी पनि भएको बताएका छन्।

सम्बन्धविच्छेदको ३४३ मुद्दा दर्ता भएकोमा २६४ वटाको फैसला भएको छ भने ७९ वटा मुद्दा विचाराधीन अवस्थामा छन्। घरेलु हिंसाको ९५ मुद्दा दर्ता भएकोमा ५३ वटाको फैसला भएको छ र ४२ वटा मुद्दाको सुनुवाइ हुन बाँकी छ। जबर्जस्ती करणीका ९८ मुद्दा दर्ता भएकामध्ये ५६ वटा मुद्दाको फैसला भएको छ। बाँकी ४२ वटा मुद्दा अदालतमा विचाराधीन छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै