ट्रेन्डिङ

९ वर्षे नाबालिकालाइ करणी गर्ने वीरगन्जका आस मोहम्मद अन्सारी एक वर्षपछि पक्राउ

वीरगन्ज । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्वर १३ राधेमाइ टोल बस्ने ३६ वर्षका आस मोहम्मद अन्सारी छन् ।

उनलाइ खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा घर नजिकै लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले बताए ।

०८१ साल बैशाख ८ गते ९ वर्षे नाबालिकालाइ जबरजस्ती करणी गरेको आरोप अन्सारीमाथि छ । सोही मुद्दामा अदालतको सजायपछि फरार बनेका उनलाइ एक वर्षपछि पक्राउ गरिएको प्रहरीले जनायो ।

पक्राउ परेकामाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै