ट्रेन्डिङ

जनकपुरधाममा मधेश प्रदेश प्रहरीको नयाँ भवन, अब सहज सेवा प्रवाह हुने

जनकपुरधाम, नेपाल ( मधेश प्रदेश प्रहरी कार्यालयले अब आफ्नो प्रशासनिक कामकाज नयाँ भवनबाट सञ्चालन गर्ने भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–४ मा नवनिर्मित अत्याधुनिक भवनबाट प्रहरीले आफ्ना सेवाहरू प्रवाह गर्ने तयारी गरेको छ। नयाँ प्रशासनिक भवनको उद्घाटन आगामी साउन ३० गते हुनेछ। यसको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आउने कार्यक्रम तय भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

नयाँ भवनको निर्माणसँगै प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। यसले प्रहरी कर्मचारीहरूलाई काम गर्न सहज वातावरण प्रदान गर्ने र सेवाग्राहीलाई पनि सहज रूपमा सेवा लिन मद्दत गर्ने अपेक्षा गरिएको छ।

यसअघि, प्रदेश प्रहरी कार्यालयको काम पुरानो र साँघुरो भवनबाट हुँदै आएको थियो, जसले गर्दा प्रशासनिक कार्यमा कठिनाइ हुने गरेको थियो। अब नयाँ र सुविधासम्पन्न भवनबाट काम सुरु भएपछि प्रहरीको कार्यक्षमतामा वृद्धि हुने र जनतालाई छिटोछरितो सेवा दिन सकिनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै