ट्रेन्डिङ

नेपाली यू–२० महिला टिमको खराब प्रदर्शन, उत्तर कोरियासँग ११–० को लज्जास्पद हार

वीरगन्ज । एएफसी यू–२० महिला एसियन कप छनोटको समूह ए को अन्तिम खेलमा नेपालले साविक विजेता उत्तर कोरिया सँग ११–० को फराकिलो हार बेहोरेको छ।

यस हारसँगै नेपालको आगामी वर्ष थाइल्याण्डमा हुने फाइनल चरणमा पुग्ने सपना टुङ्गिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो टोली उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाललाई निराश बनायो।

समूहको तीनवटै खेलमा जित हासिल गर्दै ९ अंक जोडेको उत्तर कोरिया समूह विजेता बनेर छनोट भएको छ। छनोटका दौरान ३६ गोल गरेको उत्तर कोरियाले एक गोल पनि खाएन।

यसअघि, नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो। तीन खेलबाट ४ अंक जोडेको नेपालको यो पहिलो हार हो। आठ समूहका विजेता सिधै र उत्कृष्ट तीन उपविजेता टोली फाइनल चरणमा छनोट हुने प्रावधान भए पनि नेपालको अंक पर्याप्त नभएपछि उपविजेताको रूपमा पनि छनोट हुने सम्भावना सकिएको हो।

यसअघि, नेपालले उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेको थियो तर त्यसलाई सफल बनाउन सकेन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै