ट्रेन्डिङ

कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकको मृत्यु

वीरगन्ज । कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

झडपमा घाइते भएका धनगढी–४ का भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीहरूबीच कुटाकुट भएको थियो। यस घटनामा परी तीन जनाको अवस्था गम्भीर रहेको र एक जनालाई सघन उपचार कक्ष (आइसीयु)मा राखिएको अस्पताल स्रोतले बताएको छ। घाइतेहरूको टाउको फुटेको र खुट्टा भाँचिएको जस्ता चोट लागेको बताइएको छ।

घटनापछि घाइते भएका ४७ जना कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। कारागार प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। मृतकका आफन्तहरूले घाइते भेट्न पाउनुपर्ने माग गर्दै विरोध जनाएका छन्। यसैबीच, सञ्चारकर्मीहरूलाई पनि अस्पतालभित्र प्रवेश गर्न रोक लगाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै