ट्रेन्डिङ

सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा सोही दिशातर्फ साइकलमा जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो।

धानखेततर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएपछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै