ट्रेन्डिङ

पर्सामा १० रुपैयाँ दिएर ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
घटना वैशाख २१ गते ठोरीको जङ्गलमा भएको थियो, जहाँ बालिका बाख्रा चराइरहेकी थिइन्। सोही क्रममा ४६ वर्षीय अशोक साहले बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ गरी यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पीडित पक्षको जाहेरीका आधारमा आरोपित साहलाई उनको घरबाटै पक्राउ गरिएको हो।
प्रहरीले साहलाई जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै