ट्रेन्डिङ

आदर्शनगर रंगशालामा लेबलिङ कार्य सुरु, छिट्टै फोर टाेलाइट जडान हुने

वीरगन्ज। बिहीबार संयोजकको जिम्मेवारी पाएका गोपाल प्रसाद खेतानले आज शुक्रबार आदर्शनगर रंगशालामा प्राविधिक टोली बोलाएर लेबलिङ कार्य तथा घाँस सरसफाई प्रारम्भ गरेका छन्।

खेतानका अनुसार रंगशालामा छिट्टै फोर टाेलाइट जडान गरिनेछ। उनका भनाइमा, “यो रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्ने हाम्रो लक्ष्य छ। आवश्यक पूर्वाधार निर्माणपछि यहाँ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरू आयोजना गर्न सकिनेछ।”

स्थानीय खेलकुदकर्मीहरूले खेतानको नेतृत्वमा रंगशालाले अब थप व्यवस्थित र उद्देश्यअनुरूप सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, पूर्वाधार सुधारसँगै खेलाडीको क्षमता विकासमा सकारात्मक प्रभाव पर्नेछ र रंगशालाले खेलकुद क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

खेलप्रेमीहरूका अनुसार, आवश्यक तयारी पूरा भएपछि आदर्शनगर रंगशाला नेपालकै पहिचान बोकेको खेलस्थल बन्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै